वर्ल्डलिंकले शुरु गर्यो ५ जी सेवा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ५ जी इन्टरनेट सेवा शुरु गरेको छ । वर्ल्डलिंकले यसै सातादेखि  ५ जी सर्भिस वितरण गर्न थालेको हो । कम्पनीले यो सेवा देशभर प्रदान गरिने जननाएको छ ।

 

वर्ल्डलिंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप १२ मिलियन अमेरिकी डलर विदेशी लगानीको सहयोगमा ५ जी शुरु गरेको हो ।

 

यस्तै नेपाल टेलिकमले पनि चाँडै ५ जी सेवा सुरु गर्ने भएको छ । नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यका अनुसार पहिलो चरणमा चार ठूला सहरबाट ५ जी सेवा परिक्षण शुरु गर्ने तयारी भइरहेको छ ।

 

त्यसकालागि टेलिकमले काठमाडौं उपत्यका, विराटनगर, पोखरा र नेपालगञ्ज गरी चार वटा जिल्लामा ५ जीको ट्राइल गर्न लागिरहेको वैद्यले जानकारी दिइन् ।

 

उनका अनुसार त्यसलगतै यसलाई अन्य ठाउँहरुमा विस्तार गर्दै लैजाने छ । सरकारले ५ वर्षभित्र नेपालमा सबै क्षेत्रमा ५ जी सर्भिस पुर्याउने लक्ष्य राखेको छ ।

राष्ट्रिय गौरवका यी ३ आयोजना : जसले जगाउँदै छन् आशा Read Previous

राष्ट्रिय गौरवका यी ३ आयोजना : जसले जगाउँदै छन् आशा

प्रभु बैंकले ३ ट्राफिक आइल्याण्डको व्यवस्थापन गर्ने Read Next

प्रभु बैंकले ३ ट्राफिक आइल्याण्डको व्यवस्थापन गर्ने