निगमको क्वालालम्पुर उडान पनि स्थगित

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको राजधानी क्वालालम्पुरको नियमित उडान हाललाई स्थगित गरेको छ ।

 

मलेसिया सरकारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि निगमले क्वालालम्पुरको उडान स्थगित गरेको हो ।

 

क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्चबाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नुपरेको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

 

मार्च १७ तारिख र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने छ तथा मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

यसैबीच निजी लगानीको हिमालय एयरलाइन्सले पनि आगामी मार्च ३१ सम्म क्वालालम्पुर गन्तब्यको उडान स्थगित गरेको आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

१३ नयाँ विमानस्थल निर्माणका लागि प्रस्ताव, के–के हुँदै छ काम Read Previous

१३ नयाँ विमानस्थल निर्माणका लागि प्रस्ताव, के–के हुँदै छ काम

फ्रान्सद्वारा कोरोना भाइरसको सामना गर्न ४७ खर्ब सहायता घोषणा Read Next

फ्रान्सद्वारा कोरोना भाइरसको सामना गर्न ४७ खर्ब सहायता घोषणा