फ्रान्सद्वारा कोरोना भाइरसको सामना गर्न ४७ खर्ब सहायता घोषणा

एजेन्सी । फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप ४५ अर्ब युरो (करिब ४७ खर्ब रुपैयाँँ) सहायता प्याकेज घोषणा गरेका छन् ।

 

कोरोना भाइरस सङ्क्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरिएको बताइएको छ ।

 

यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन (जीडीपी) मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलबस्वरुप सो रकम खर्च गरिने माइरेले बताए ।

निगमको क्वालालम्पुर उडान पनि स्थगित Read Previous

निगमको क्वालालम्पुर उडान पनि स्थगित

राष्ट्रिय गौरवका यी ३ आयोजना : जसले जगाउँदै छन् आशा Read Next

राष्ट्रिय गौरवका यी ३ आयोजना : जसले जगाउँदै छन् आशा