काठमाडौं । महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले प्रहरीले बरामद गरेको माक्सहरु बजार मूल्यअनुसार बिक्री वितरण गर्न निर्देशन दिएका छन् ।
महान्यायाधिवक्ता खरेलले एक प्रेस विज्ञप्ति जारी गरी ‘कोभिड-१९’ फैलिएको अवस्थामा कालोबजारी गरेर लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेका माक्स हालको बजार मूल्यअनुसार बिक्री गरी सो रकम प्रहरीकै खातामा राख्न निर्देशन दिएका हुन् ।
बजारमा माक्सको अभाव भइरहेको अवस्थामा कालोबजारी गरेर राखेको माक्सलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार हालको बजार मूल्यमा बिक्री गर्न निर्देशन दिएका हुन् ।
प्रहरीले आइतबार १० लाखभन्दा बढी कालोबजारी गरिरहेको माक्स कपनबाट बरामद गरेको थियो ।