काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झैतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले हस्ताक्षर गरे ।
उक्त समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले होटलको सेवा प्रयोग गरे बापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् । साथै बैंकका कर्मचारीलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ ।
समझदारीका सर्तहरू १ वर्षका लागि लागू हुनेछन् । यसैगरी बैंकका ग्राहकले देशभरका २,४०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल देशभरका ३१९ शाखा कार्यालय, ४५४ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।