पोखरा घुम्न जानेलाई ५० प्रतिशतसम्म छुटको प्याकेज

काठमाडौं । पोखरा घुम्न जान चाहाने आन्तरिक पर्यटकलाई लक्षित गरी ‘हाम्रो पोखरा, घुमौँ पोखरा’ अभियान सुरु गरिएको छ । ‘अनलाइन ट्राभल इग्रेगेटर एक्सेल ट्रिप’ले पोखरालाई केन्द्रित गर्दै उक्त अभियानको थालनी गरेको हो ।

 

यस अभियानको अवधिभर एक्सेल ट्रिपका २७ पार्टनर होटलहरुले विशेष प्याकेज तथा प्रवर्धनात्मक अफर ल्याएका हुन् । यो अफर चैत्र २ देखि आगामी वैशाख ३ गतेसम्म (एक महिना) कायम रहनेछ ।

 

यस प्याकेज अन्तर्गत २ रात बुक गर्दा १ रात निःशुल्क बस्न पाउने अफर छ । केही होटलहरुले १ महिनाको अवधिभर ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरेका छन् ।

 

यस होटलहरुमा इ–सेवा मार्फत बुक गर्नेले ५ सय रुपैयाँको विशेष छुट पाउने छन् । यती एयरलाइन्सबाट यात्रा गर्नेलाई यतीले अभियानभर प्रत्येक सातामा लक्की ड्र गरी विजेता दुई यात्रीलाई काठमाडौं–पोखरा–काठमाडौं उडानका लागि दुई वटा एकतर्फि टिकट उपलब्ध गराउने छ ।

पर्यटन विकास गर्न छुट्टै ‘क्यासीनो जोन’ स्थापना गरिने Read Previous

पर्यटन विकास गर्न छुट्टै ‘क्यासीनो जोन’ स्थापना गरिने

एनआईसी एशियाका ग्राहकलाई अकामा होटलमा २०% छुट Read Next

एनआईसी एशियाका ग्राहकलाई अकामा होटलमा २०% छुट