टेलिभिजन हुँदै मोवाइलमा सेवा लगेको कम्पनी आइपीओ ल्याउने अन्तिम तयारी गर्दै

काठमाडौं । टेलिभिजन सेटको माध्यमबाट तराई र पहाडका जनताको घरघरमा पुगेको डिसहोमले अब मोबाइल सेटको माध्यमबाट उनीहरुको हातहातमा पुग्ने जमर्को गरेको छ ।

 

डिसहोमले एप मार्फत २० वटा च्यानल मोबाइलमै हेर्न सकिने गरि डिसहोम ओटीटी सेवा अन्तर्गत ‘डिसहोम गो एप’ सार्वजनिक गरेको हो । ‘ओटीटी’को मतलब ‘ओभर द टप’को ‘सर्ट फर्म’ भएको कम्पनीले जनाएको छ ।

 

डिसहोम आफुलाई फरक ढंगले प्रस्तुत गर्दै र सफलता चुम्दै आएको कम्पनी हो ।

 

समयको नाडी छामेर आफुलाई निरन्तर अद्यावधिक गर्दै लगेको डिसहोमले सर्वसाधारणको लागि कहिले सेयर जारी गर्ला भन्ने चासो पनि सर्वत्र छ । कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्न कै लागि कम्पनीलाई पब्लिक बनाएको पनि ३ वर्ष भइसकेको छ ।

 

सहरमा बसेर थोरै मानिस केन्द्रित व्यवसाय गरेर धनी बन्ने चलन विपरित डिसहोमले कही फरक ढंगले व्यवसाय गर्यो । र, त्यसै कारण सफलताको स्वाद पनि चाख्यो । अनी आफ्नो व्यवसायीक क्षेत्रको ‘लिडर’ बन्यो । धेरै कम्पनीले आफ्नो सेवा सहरबाट सुरु गर्ने गरेको पृष्ठभुमिमा डिसहोमले आफ्नो पहिलो लक्ष्य हिमाल र पहाडलाई बनायो । पहाडमा सफा टेलिभिजन सञ्चालनमा आएपछि सहरमा पनि यसको माग बढ्न थालेको थियो ।

‘हामीले हिमाल र पहाडसँगै तराईमा कसरी भारतीय डिटिएचसँग प्रतिस्पर्धा गर्ने भन्ने विषयमा छलफल गर्यौं । तराईलाई केन्द्रमा राखेर जडान शुल्क घटायौं, त्यसले समग्र देशमा नै डिसहोमको माग उच्च भयो’, कम्पनीका जनरल मेनेजर रमेश सापकोटाले भने ।

 

यसरी फरक ढंगले प्रभावकारी काम गर्ने बानी परेको डिसहोमले समयको बदलिदों माग बुझेर मोबाइल टिभीको दुनियाँमा पनि प्रवेश गरेको छ । अहिले नेपालमा कुल जनसंख्या भन्दा पनि धेरै मोबाइल फोनहरु प्रयोगमा रहेका छन् । र, अधिकांश त्यस्ता फोनहरु स्मार्ट फोन रहेका छन् । अनी मोबाइल डाटा त अबको विश्वको सबैभन्दा प्रभावशाली ‘उर्जा’ हो भनेर यो क्षेत्र सम्बद्ध दिग्गजहरुले भन्दै नै आएको कुरा हो ।सायद यही अवसरको आंकलन गरेर डिसहोमले मोबाइलको दुनियाँमा सयर गर्ने जमर्को गरेको होला ।

 

ओटीटी सेवा अन्तर्गत मोबाइल एप मार्फत टिभी हेर्नका लागि इन्टरनेटको आवश्यकता पर्ने डिसहोमले जनाएको छ । परम्परागत केबल र डिटिएच प्रदायकबाट अघि बढेर मोबाइल एप मार्फत २० वटा टेलिभिजन च्यानलको प्रशारण गर्ने प्रयासले आम मोबाइल प्रयोगकर्तालाई उत्साहित तुल्याएको सापकोटा बताउँछन् ।

 

‘हामीले यो सेवा हाल डिसहोमका प्रिमियम ग्राहकहरुलाई निःशुल्क प्रदान गरिरहेका छौं । यो सेवा अन्तर्गत मोबाइलमै टिभी हेर्नका लागि उहाँहरुले एप खोलेर आफ्नो सेट अप बक्स, युजर नेम, पासर्वड इत्यादी इन्ट्रि गर्नुपर्दछ’, सापकोटाले भने ।

 

यो एप अन्तर्गत ग्राहकहरुले विभिन्न स्वदेशी तथा विदेशी च्यानलहरु मोबाइलमै हेर्न पाउनेछन् । रियालिटी टिभी, डिस्कोभरी, नेशनल जोग्राफी, कान्तिपुर, एपि वान लगायतका टेलिभिजन च्यानलहरु हेर्न सकिने कम्पनीले जनाएको छ ।

 

यसमा च्यानलको संख्याहरु बिस्तारै बढाउँदै लगिने तथा निश्चित शुल्क लिएर डिसहोमको सदस्यता नलिएकाहरुले पनि यो सेवा उपभोग गर्न पाउने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।

 

‘अब विश्व टेलिभिजनको युगबाट विस्तारै मोबाइलको युगमा प्रवेश गर्दै गरेको र व्यस्त मानिसहरुले जहाँ हुँदा पनि टिभी च्यानलहरुको मजा उठाउन सकुन भनेर नै यो सेवाको शुरुवात गरिएको हो । यो एप कम व्याण्ड विथमा पनि हेर्न सकिने हुँदा धेरै इन्टरनेट (डाटा) पनि खर्च हुँदैन’, सापकोटाले भने ।

 

यो मोबाइल एप एप स्टोर र प्ले स्टोरमा उपलब्ध रहेको छ ।

 

समयको नाडी छामेर आफुलाई निरन्तर अद्यावधिक गर्दै लगेको डिसहोमले सर्वसाधारणको लागि कहिले सेयर जारी गर्ला भन्ने चासो पनि सर्वत्र छ । कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्न कै लागि कम्पनीलाई पब्लिक बनाएको पनि ३ वर्ष भइसकेको छ ।

 

‘हामी सर्वसाधारणको लागि आइपिओ जारी गर्ने कामको अन्तिम चरणमा छौं । त्यो प्रक्रिया अहिले द्रुत गतिमा अघि बढिरहेको छ । संभवत यो आर्थिक वर्ष भित्रै सर्वसाधारणको लागि सेयर जारी गर्न सकिन्छ होला’, कम्पनीका वित्त विभागका एक अधिकारीले बताए ।

 

२ अर्ब १० करोड रुपैयाँ चुक्तापुँजी भएको डिसहोमले १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्न लागेको हो । कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने जनाएको छ ।

एनआईसी एशियाका ग्राहकलाई अकामा होटलमा २०% छुट Read Previous

एनआईसी एशियाका ग्राहकलाई अकामा होटलमा २०% छुट

चोभारमा सबस्टेशन निर्माण गर्न दुई मन्त्रालयबीच सहमति Read Next

चोभारमा सबस्टेशन निर्माण गर्न दुई मन्त्रालयबीच सहमति