तरकारी आयातमा परेन कोरोना असर, ६ प्रतिशतले बढ्यो आयात

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा दैनिक खाद्य वस्तु र व्यापारमा देखिए पनि तरकारी आयातमा भने खासै असर नपरेको देखिएको छ ।

 

चालू आर्थिक वर्षको पहिलो ७ महिनाको (श्रावण फागुन) अवधिमा तरकारी आयातमा वृद्धि भएको छ । गत आवको सोही ७ महिनाको तुलनामा चालू आवमा तरकारीको अयातमा ६ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।

 

चालू आर्थिक वर्षको माघसम्ममा १८ अर्ब ५ करोड २२ लाख १३ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब २ करोड ५९ लाख ५९ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको थियो ।

 

चालू आवको ७ महिनामा करिब २ अर्ब २७ करोड रुपैयाँ बराबरको लसुन, प्याज तथा टमाटर आयात भएको छ । सो अवधिमा करिब १ अर्ब ७६ करोड रुपैयाँको प्याज आयात भएको तथ्यांकले देखाएको छ । सो अवधिमा ४ करोड ५१ लाख केजी प्याज आयात भएको छ ।

 

यस्तै ३३ करोड ४६ लाख रुपैयाँ बराबरको गोलभेँडा आयात भएको छ । सो मूल्यमा २ करोड ९२ लाख केजी गोलभेडा आयात भएको हो । विभागको तथ्यांक अनुसार सो अवधिमा १८ करोड ११ लाख रुपैयाँको लसुन आयात भएको छ । सो मूलयमा १७ लाख ९० हजार लसुन आयात भएको हो ।

 

गत आर्थिक वर्ष २०७५/७६ मा नेपालले करिब ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको लसुन, प्याज तथा टमाटर आयात भएको थियो । सो आवमा २ अर्ब ९३ करोड रुपैयाँ बराबरको प्याज आयात गरेको थियो । सो मूल्यमा कुल ९ करोड २५ लाख केजी प्याज आयात भएको थियो ।

 

यस्तै २९ करोड ५० लाख रुपैयाँ बराबरको गोलभेँडा आयात भएको थियो । सो रकममा ५ करोड २८ लाख केजी गोलभेँडा आयात भएको हो । सो अवधिमा करिब २४ करोड ५८ लाख रुपैयाँको लसुन आयात भएको थियो । उक्त रकममा ३ लाख ४९ हजार केजी लसुन आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

सरकारले कोरोना जाँच गर्ने केमिकल किन्न टेन्डर आह्वान गर्‍यो Read Previous

सरकारले कोरोना जाँच गर्ने केमिकल किन्न टेन्डर आह्वान गर्‍यो

पर्यटन विकास गर्न छुट्टै ‘क्यासीनो जोन’ स्थापना गरिने Read Next

पर्यटन विकास गर्न छुट्टै ‘क्यासीनो जोन’ स्थापना गरिने