सरकारले कोरोना जाँच गर्ने केमिकल किन्न टेन्डर आह्वान गर्‍यो

काठमाडौं । सरकारले कोरोना भाइरस लागे नलागेको जाँच गर्न आवश्यक पर्ने केमिकल खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले आइतबार एक सूचना जारी गर्दै विभिन्न २६ प्रकारका किट्स, केमिकल र एसेसरीज खरिदका लागि टेन्डर आह्वान गरेको छ ।

 

जनस्वास्थ्य प्रयोगशालाले ती केमिकल उपलब्ध गराउन इच्छुक फर्म/कम्पनी/ आपूर्तिकर्तालाई चैत्र ७ गतेसम्म आवश्यक कागजपत्रसहित प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

 

जनस्वास्थ्य प्रयोगशालाका अनुसार केमिकल आपूर्ति गर्न छनोट भएको कम्पनीले स्वीकृति पाएको ७ दिन भित्र आवश्यक सामग्री आपूर्ति गरिसक्नु पर्नेछ ।

 

विश्व स्वास्थ्य संगठनले बुधबार कोरोनालाई माहामारीको घोषणा गरेपछि जनस्वास्थ्य प्रयोगशालाले संभावित प्रभावलाई मध्येनजर गर्दै आवश्य सामाग्रीको जोहो गर्न टेन्डर आह्वना गरेको बताइएको छ ।

 

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा देखा परेको कोरोना भाइरस अहिले विश्वका १३० भन्दा बढी देशमा फैलिसकेको छ । हालसम्म यसको संक्रमणबाट करिब ६ हजार जनाको मृत्यु भइसकेको छ भने डेढ लाखभन्दा बढी संक्रमित भएका छन् ।

 

कोरोनाका कारण हिमालय एयरलाइन्सको साउदी उडान स्थगित Read Previous

कोरोनाका कारण हिमालय एयरलाइन्सको साउदी उडान स्थगित

तरकारी आयातमा परेन कोरोना असर, ६ प्रतिशतले बढ्यो आयात Read Next

तरकारी आयातमा परेन कोरोना असर, ६ प्रतिशतले बढ्यो आयात