बैंक अफ काठमाण्डूको ‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक

काठमाडौं । बैंक अफ काठमाण्डूले ग्राहकको उच्चतम् लाभ तथा सुरक्षालाई मध्यनजर गर्दै ‘द्यइप् सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ ।

‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मूलनाराका साथ सार्वजनिक गरिएको उक्त खातामा ग्राहकले ११ लाख रुपैयाँसम्मको बीमा सुविधासहित वार्षिक ९.७५% ब्याजदर पाउनेछन् ।

 

उक्त मुद्दती खाता न्यूनतम २५ हजार रुपैयाँदेखि नै खोल्न सकिने र ग्राहकले बीमा लगायत थुप्रै सुविधाको लाभ लिई ढुक्क हुने विश्वास बैंकले लिएको छ ।

 

साथै, बीमा सुविधा अन्तर्गत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख, १८ घातक रोग लागेको खण्डमा ५ लाख तथा औषधी उपचारका लागि १ लाखको बीमा सुविधा पाउने छन् ।

 

बीमा सुविधा बैंकले सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्तर्गत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्सलाई भुक्तानी गर्नेछ ।

 

बैंकले हाल देशभरका ८७ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

उपभोक्ता घरघरमा नुन थुपार्दै, साल्ट ट्रेडिङ भन्छ १० महिनालाई पुग्ने नुन छ Read Previous

उपभोक्ता घरघरमा नुन थुपार्दै, साल्ट ट्रेडिङ भन्छ १० महिनालाई पुग्ने नुन छ

एनआइसी एशिया बैंकले ल्यायो ‘जति धेरै स्क्यान एन्ड पे, त्यति धेरै पैसा’ योजना Read Next

एनआइसी एशिया बैंकले ल्यायो ‘जति धेरै स्क्यान एन्ड पे, त्यति धेरै पैसा’ योजना