काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकलाई तथा मर्चेन्टलाई ‘जति धेरै स्क्यान एन्ड पे, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ ।
यो योजना अवधिभर मर्चेन्टले १५ हजार रुपैयाँसम्म र ग्राहकले १ हजार ५०० रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् । साथै, लक्की ड्र मार्फत ५ जना भाग्यमानी मर्चेन्टले १ वर्षका लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् ।
यो योजना अन्तर्गत ग्राहक तथा तथा मर्चेन्टले चैत १ देखि १ महिनासम्म मोबाइल बैंकिङमार्फत कारोबार गरेको हुनु पर्नेछ । बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजना ल्याउँदै आएको छ ।
यस किसिमका योजनाले आमजनमानसलाई डिजिटल बैंकिङप्रति आकर्षित गर्ने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पुर्याउने बैंकले विश्वास लिएको छ ।
एनआईसी एशिया बैंकले विभिन्न नगद फिर्ता सम्बन्धी अफर आफ्ना ग्राहक सामु नियमित रुपमा ल्याइरहेको छ । जस्तै, प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ‘ह्याप्पी आवर’ मा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १०० रूपैयाँसम्म नगद फिर्ता, पहिलोपटक बिजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत नगद फिर्ता लगायत योजना सञ्चालनमा ल्याएकोछ ।
बैंकले हाल देशभरका ३१९ शाखा कार्यालय, ४५४ एटीएम, १०७ एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।