उपभोक्ता घरघरमा नुन थुपार्दै, साल्ट ट्रेडिङ भन्छ १० महिनालाई पुग्ने नुन छ

काठमाडौं । पछिल्लो समय कोरोना (कोभिड १९) संक्रमण विश्वभर फैलिरहेको बेला त्यसले नेपालीहरुको दैनिक जिवनमा समेत फरक पार्न थालेको छ । पछिल्लो समय मानिसहरु कोरोना भाइरसको त्रासका कारण घरमा दैनिक आवश्यकतामा पर्ने खाद्य तथा अन्य सामग्रीहरु थुपार्न थालेका छन् ।

 

केही समययता नुन, चिनी, तेल, दाल, चामल, ग्यास, मास्क, सेनिटाइजर लगायतका सामग्रीहरुको स्टकमा घरमै राख्न थालेका हुन् ।

 

नुन किन्न आएकी कोटेश्वर निवासी कल्पना कार्कीले अब नुन नपाउने भन्दै एकै दिनमा ४ पोका नुन खरिद गरेकी छिन् । उनले कोरोनाको कारण नुन नपाउने डरले अहिले किनी राखेको बताइन् । ‘पसलमा नुन पाइएन भने के गर्ने भनेर अलि बढि किनेको,’ कार्कीले भनिन् ।

 

कार्की एक उदाहरण मात्र हुन । उनी जस्ता धेरै त्रसित नेपालीहरु छन् जसले नुन, चिनी, दाल, चामल, ग्यास लगायतका दैनिक उपभोग्य वस्तु आवश्यकता भन्दा बढि किन्न थालका छन् । यसले बजारमा ति वस्तुको खरिद विक्रीलाई सन्तुलनमा ल्याउन सकेको छैन ।

 

यसरी एकै साथ २/३ महिनाका लागि खाद्य वस्तु किनेर थन्काउँदा बजारमा सो सामग्रीको अभाव देखिने भएको हो ।

 

यस्तै, साल्ट ट्रेडिङका सुचना अधिकारी कुमार राजभण्डारी नुनमा आत्तिनु नपर्ने बताउँछन् । उनले ट्रेडिङसँग १० महिनाभन्दा बढिलाई देशभरका जनताका लागि पुग्ने नुन भएको दाबी गरे । हाल ट्रेडिङसँग १ लाख ५५ हजार टन नुन स्टकमा रहेको उनले बताए । डिलरहरुको माग अनुसार नुन वितरण भइरहेकाले त्यसमा कुनै अभाव सृजना नहुने उनले बताए ।

यात्रुको संख्यामा कमी आएपछि एनएसीको उडान कटौती Read Previous

यात्रुको संख्यामा कमी आएपछि एनएसीको उडान कटौती

बैंक अफ काठमाण्डूको ‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक Read Next

बैंक अफ काठमाण्डूको ‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक