यात्रुको संख्यामा कमी आएपछि एनएसीको उडान कटौती

कोरोना भाइरस (कोभिड १९) का कारण यात्रु संख्यामा कमी आउन थाले पछि नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा कटौती गरेको छ । निगमले चैत्र २ गते (मार्च १५) बाट लागु हुने गरी उडान तालिकामा कटौती गर्न लागेको हो ।

 

आज प्रेश विज्ञप्ती जारी गर्दै निगमले दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं–दिल्ली–काठमाडौं उडान एउटा मात्र गर्ने भएको छ । अर्को वयवस्था नभएसम्म विहानको उडान नियमित राखी साँझको विमान स्थगित गर्न लागेको हो ।

 

बैंगलौरको नियमित उडान चैत्र ६ गते (मार्च १९) र चैत्र १८ गते (मार्च ३१) तारिखका लागि रद्द गरिएको छ । साथै मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान चैत्र २ गते (१५ मार्च) देखि चैत्र २९ गते (१५ अप्रिल) सम्मका लागि स्थगित गरिने भएको छ ।

 

बैंककको फागुन २८ (मार्च ११) र चैत्र १५ गते (मार्च २५) को उडान रद्द गरिएको छ । हङकङको चैत्र ६ गते (मार्च १९) र चैत्र १६ गते (मार्च २६) को उडान पनि रद्द गरिएको छ ।

 

काठमाडौं दोहा बीचको उडान फागुन २७ गते देखिनै अर्को सूचना नभए सम्मका लागि स्थगित गरिसकिएको निगमले जानकारी दिएको छ ।

 

उपरोक्त उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जानकारी दिएको छ । टिकटको उडानको मिति १ पटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर Read Previous

जिल्ला प्रशासन धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

उपभोक्ता घरघरमा नुन थुपार्दै, साल्ट ट्रेडिङ भन्छ १० महिनालाई पुग्ने नुन छ Read Next

उपभोक्ता घरघरमा नुन थुपार्दै, साल्ट ट्रेडिङ भन्छ १० महिनालाई पुग्ने नुन छ