जिल्ला प्रशासन धनुषामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा धनुषाको जनकपुर उपमहानगरपालिका-४, स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

 

उक्त एक्स्टेन्सन काउण्टरको शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदिपराज कडेँलले एक समारोहकाबीच समुद्घाट्न गरे ।

 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले धनुषा जिल्ला प्रशासनमा पनि आफ्नो सेवा विस्तार गरेको हो ।

 

उक्त एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न, जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । यस काउण्टरबाट प्रवाह गरिने सेवाबाट स्थानीयबासी तथा सेवाग्राही लाभान्वित हुने बैंकको विश्वास छ ।

 

बैंकले हाल देशभरका २०८ शाखा कार्यालय, १५८ एटीएम, ४६ एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

महासंघको निर्वाचन सार्ने नसार्ने टुंगो १० दिनपछि मात्रै Read Previous

महासंघको निर्वाचन सार्ने नसार्ने टुंगो १० दिनपछि मात्रै

यात्रुको संख्यामा कमी आएपछि एनएसीको उडान कटौती Read Next

यात्रुको संख्यामा कमी आएपछि एनएसीको उडान कटौती