एकै दिनमा तोलामा ३ हजारले घट्यो सुन

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा शुक्रबार अनपेक्षित रुपमा ३ हजारले घटेको छ ।

 

बिहीबार ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ ।

 

महासंघका अनुसार गत मंगलबार तोलाका ८२ हजार ७०० रुपैयाँमा कारोबार भएकोे सुनको मूल्यमा बुधबार २०० रुपैयाँले कमी आएको थियो भने बिहीबार ८०० रुपैयाँले घटेको थियो ।

 

चाँदीको मूल्यमा पनि तोलामा ४० रुपैयाँले गिरावट आएको छ । आज असली चाँदीको मूल्य प्रतितोला ८२० कायम भएको छ ।

७ महिनामा थपिए साढे १० लाख करदाता Read Previous

७ महिनामा थपिए साढे १० लाख करदाता

डेडिकेटेड र ट्रंक लाइनमा प्राधिकरणले लापरबाही गरेको ठहर Read Next

डेडिकेटेड र ट्रंक लाइनमा प्राधिकरणले लापरबाही गरेको ठहर