काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्धारा आफ्ना ग्राहकलाई लक्षित गरी ‘थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता’ भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ ।
यो योजना न्यूनतम मौज्दात ५०० रुपैयाँबाट सुरु गर्न सकिनेछ । यस मुद्दती योजना अन्तर्गत ग्राहकले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
साथै यस योजना अन्तर्गत ३ वर्ष सम्म ब्याजदरमा कुनै परिर्वतन नहुने बैंकले जनाएको छ । यस योजनाबाट ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।
बैंकले हाल देशभरका ९१ शाखा कार्यालयहरु, २६ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई समेत पालना गर्दै आएको छ ।