२ करोडसम्म ऋण लिँदा करचुक्ता नचाहिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ करोडसम्म ऋण लिँदा करचुक्ताको प्रमाणपत्र नचाहिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

 

राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्ध–वार्षिक मौद्रिक समीक्षामार्फत २ करोडभन्दा कम कर्जा लिँदा करचुक्ताको प्रमाणपत्र नचाहिने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले सो व्यवस्था कार्यान्वयनमा गर्न बैंक तथा वित्तीय संस्थालाई बिहीबार निर्देशन जारी गरेको छ ।

 

राष्ट्र बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संथाले २ करोडभन्दा बढीको कर्जा दिँदा वा सोको नवीकरण गर्दा मात्र करचुक्ताको प्रमाणपत्र लिनुपर्नेछ ।

 

बैंक तथा वित्तीय संस्थाहरुले ५० लाख रुपैयाँसम्मको कर्जा लगानी र सोको नवीकरण गर्दा पछिल्लो करचुक्ता प्रमाणपत्र, कर दाखिला र अद्यावधिक करचुक्ता प्रमाणपत्र आवश्यक नपर्ने भएको छ ।

 

कृषि पर्यटन, साना तथा मझौला उद्योग व्यवसायका लागि ५० लाखदेखि बढीमा २ करोड रुपैयाँसम्मको ऋणका लागि कर दाखिला कागजातका आधारमा कर्जा प्रवाह र नवीकरण गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो क्रमिक मुद्दती खाता योजना Read Previous

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो क्रमिक मुद्दती खाता योजना

गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सम्पन्न Read Next

गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सम्पन्न