युरोपेली देशबाट अमेरिकामा हुने उडानमा प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड-१९) को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाएका छन् ।

 

टेलिभिजन सम्बोधनमार्फत उन उक्त घोषणा गरेका हुन् । । बेलायतलाई भने यो नियम लागू नहुने बताइएको छ । उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरेको छ ।

 

प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेक सबै किनमेल केन्द्र बन्द हुने तर सामान घरमै पुर्याउन भने नरोकिने बताए ।

 

टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले त्यो प्रतिबन्ध बिहीबारदेखि २५ मार्चसम्म लागू हुने बताए । नयाँ सङ्क्रमणको दरलाई लिएर कडा तुल्याइएका प्रतिबन्धहरूको परिणाम केही सातामा देखिने उनले विश्वास व्यक्त गरे ।

 

इटलीमा स्कुल, व्यायामशाला, सङ्ग्राहलय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन कोरोना भाइरस सङ्क्रमणको कारण इटालीमा ८२७ जनाले ज्यान गुमाएका छन्, भने १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का आपतकालीन प्रमुख मिसेल रियनकाअनुसार इटलीमा करिब ९०० जना सङ्क्रमितहरूलाई सघन उपचार कक्षमा भर्ना गरिएका छन् ।

 

उनले हाल इरान र इटलीको जस्तो संकट छिट्टै अन्य देशहरूले पनि सामना गर्नुपर्ने चेतावनी दिए । यसअघि डब्ल्यूएचओले कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी बनेको घोषणा गरेको थियो ।डब्ल्युएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले दुई सातामा चीन बाहिर सङ्क्रमण १३ गुणा बढेको बताएका छन् ।

 

गत वर्षको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरसको कारण विश्वभरी ४ हजार ५०० को मृत्यु भइसकेको छ । यसबाट विश्वभरी १ लाख २४ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका जनाइएको छ ।

 

चीनपछि इरान र इटालीमा यस भाइरसको प्रभाव धेरै नै फैलिएपछि यसबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ह्वातै बढेको बताइएको छ ।

टुटल-पठाओ बन्द गर्न माग गर्दै आन्दोलनमा उत्रेका ट्याक्सी व्यावसायीसँग सरकारको वार्ता Read Previous

टुटल-पठाओ बन्द गर्न माग गर्दै आन्दोलनमा उत्रेका ट्याक्सी व्यावसायीसँग सरकारको वार्ता

डिशहोमले कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल शुरु गर्दै Read Next

डिशहोमले कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल शुरु गर्दै