टुटल-पठाओ बन्द गर्न माग गर्दै आन्दोलनमा उत्रेका ट्याक्सी व्यावसायीसँग सरकारको वार्ता

काठमाडौं । टुटल, पठाओ जस्ता राइड सेयरिङ बन्द गर्न माग गर्दै आन्दोलनमा उत्रेका ट्याक्सी व्यवसायीसँग सरकारले वार्ता गरेको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा ट्याक्सी व्यवसायीले रातो नम्बर प्लेटमा अनाधिकृत र गैरकानूनी रुपमा यात्रु बोक्ने काम भएको भन्दै यसमा तत्काल रोक लगाउन ट्याक्सी व्यवसायीले माग गरेका थिए ।

 

मन्त्री वसन्तकुमार नेम्वाङसहित भएको बैंठकमा व्यवसायीले विगत लामोसमयदेखि ट्याक्सीको भाडा नबढेकाले तत्काल भाडा बढाउन माग गरेका थिए ।

 

व्यवसयाीले विगत लामो समयदेखि भाडा नबढाएको भनेपनि २०७५ असोजमा ट्याक्सीको भाडामा १० प्रतिशतले वृद्धि गरिएको थियो ।

 

ट्याक्सीको भाडा बढाउने विषय र राइड सेयरिङ कम्पनीले अनाधिकृत रुपमा पेसेन्जर बोकेको विषयमा चाँडै टुंगो लगाउने गरी एउटा कमिटी बनाएर कामअघि बढाउने जानकारी मन्त्री नेम्वाङले दिएका थिए । सबै प्रक्रिया पूरा गरेर आगामी बैशाखसम्ममा भाडा वृद्धिको विषय टुंग्याउने बैठकमा सहमति भएको थियो ।

 

यसअघि पनि यातायात व्यवस्था विभागले निजी सवारीसाधनमा यात्रु नबोक्न सूचना जारी गर्दै आएको थियो । पछिल्लो पटक उच्च अदालत पाटनले यस्ता राइड सेयरिङ कम्पनीलाई कानून बनाएर संचालन गर्न दिन आदेश दिएसँगै मन्त्रालयले यसमा काम गरिरहेको जनाएको छ ।

कैलाशलाई गाभेर प्राइमले शुरु गर्‍यो एकीकृत कारोबार Read Previous

कैलाशलाई गाभेर प्राइमले शुरु गर्‍यो एकीकृत कारोबार

युरोपेली देशबाट अमेरिकामा हुने उडानमा प्रतिबन्ध Read Next

युरोपेली देशबाट अमेरिकामा हुने उडानमा प्रतिबन्ध