कैलाशलाई गाभेर प्राइमले शुरु गर्‍यो एकीकृत कारोबार

काठमाडौं । प्राइम कमर्सियल बैंकले आज (बिहीबार) देखि कैलाश विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार शुरुवात गरेको छ ।

 

गत असार २० गते यी दुई बैंकबीच एक्विजिशन सम्झौता भएको थियो । त्यसको ८ महिना पछि एकीकृत कारोबार शुरु भएको हो । दुवै बैंकको पुस २५ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाबाट प्राइम कमर्सियलले कैलाश विकासलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको थियो।

 

प्राइमलाई एकीकृतका कारोबार गर्न नेपाल राष्ट्र बैंकको फागुन १८ गते र कम्पनी रजिष्टारको कार्यालयले फागुन २१ गते स्वीकृत दिएका थिए ।

 

कैलाश विकासको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंकको ९४ स्वाप रेसियोमा दुई बैंक एकीकृत भएका हुन्।

 

कैलाशलाई प्राप्तिपछि प्राइमको चुक्ता पूँजी १३ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने शाखा संख्या १९९ पुगेका छन् ।

राष्ट्रिय प्रसारण लाइनमा चैतदेखि २५ मेगावाट बिजुली थपिँदै Read Previous

राष्ट्रिय प्रसारण लाइनमा चैतदेखि २५ मेगावाट बिजुली थपिँदै

टुटल-पठाओ बन्द गर्न माग गर्दै आन्दोलनमा उत्रेका ट्याक्सी व्यावसायीसँग सरकारको वार्ता Read Next

टुटल-पठाओ बन्द गर्न माग गर्दै आन्दोलनमा उत्रेका ट्याक्सी व्यावसायीसँग सरकारको वार्ता