काठमाडौं । विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहँदै आएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले ‘के वर्ल्ड’ च्यानल शुरू गर्दैछ ।
के–पप, माइ लिटल बेबी, रिचम्यान, किङ इन दी लभ लगायत चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ ।
यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलब्ध गराइएको छ । साथै डिशहोम गो (ओटीटी) एपमा पनि यो च्यानल हेर्न सकिनेछ ।
नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै एक्सक्लुसिभ च्यानलहरू संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।