एनआसी एशिया र लिगल रेमिटबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ । उक्त सम्झौता पश्चात् अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीले लिगल रेमिटबाट रकम पठाएर एनआसी एशिया बैंकको एनआसी एशिया रेमिटमार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् ।

 

साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ । लिगल रेमिटमार्फत अष्ट्रेलियाबाट पठाएको विप्रेषण रकम नेपालमा यस बैंकको मुलुकभरका ३१९ वटा शाखा, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ इकाइ तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् ।

 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको छ ।

 

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

 

पाम आयल निर्यात खुलाउन भारत सकारात्मक Read Previous

पाम आयल निर्यात खुलाउन भारत सकारात्मक

कोरोनाको डरले पाँच देशबाट आयातमा रोक Read Next

कोरोनाको डरले पाँच देशबाट आयातमा रोक