पाम आयल निर्यात खुलाउन भारत सकारात्मक

काठमाडौं । पाम आयल आयात खुलाउन भारत सकारात्मक रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

 

उद्योग, वाणिज्य तथा आपूर्ती  राज्यमन्त्री मोतीलाल दुगडले भारतले पाम तेल आयातलाई तुरुन्तै खोल्ने आश्वासन दिएको बताए ।उनले आफ्नो तर्फबाट पाम तेल आयातलाई चाँडो खोल्न अनुरोध गरिएको बताए ।

 

‘भारतले पाम तेल आयात हाम्रै पहलमा खोलेको थियो तर, एक लट लगेर फेरि बन्द गरेको छ, भारतले तुरुन्तै पाम तेल आयातलाई खुला गर्ने आश्वासन दिएको छ,’ राज्य मन्त्री दुगडले भने ।

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले भारतका व्यावसायीले पाम तेल भारतमै उत्पादन गर्न लबीङ गरे पनि आयात खुलाका लागि भारत सकरात्मक रहेको बताएका हुन् । कुनै पनि चिज ल्याएर त्यसको ३० प्रतिशत खर्च गरी निर्यात गर्न सकिने व्यवस्था रहेको बताए ।

 

पाम तेलको कुरामा नेपालले ३२ प्रतिशत आफ्नै देशमा खर्च गरी निर्यात गरिरहेको उनले दाबी गरे । यसमा उनले भारतसँग पाम तेल निर्यातका लागि तत्काल आयात खुलाउन माग भइरहेको बताए ।‘हामीले भारतसँग पहल गरिरहेका छौँ, त्यसमा रोक्नु भएन भनेका छौँ, उ समरात्मक रहेको छ,’ मन्त्री दुगडले भने ।

 

उनले नेपालका लागि ३ करोडका लागि मात्र बजार नभई १३० करोडका लागि बजार खुल्ला रहेको बताए । उनले भारतले आफ्नो पूरै मार्केट नेपालका लागि खुला रहेको बताए । भारतले शून्य भन्सार दरमा निर्यातको व्यवस्था गरेको छ ।

 

पाम तेल नेपालको निर्यातित वस्तुमा एक नम्बरमा रहेको थियो । सो तेल भारतले पुसदेखि आयातमा रोक लगाएको थियो ।

 

चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा १ अर्ब ७५ करोडको पाम तेल निर्यात भएको थियो । चालू आवको मंसिरसम्ममा कुल ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

आर्थिक वर्ष २०७४/७५ मा ५ अर्ब ४५ करोड, २०७३/७४ मा ६ अर्ब ७ करोड, २०७२/७३ मा ९ करोड रुपैयाँको कच्चा पदार्थ आयात भएको थियो ।

सेयर बजारले गर्‍यो कमब्याक, डेढ दर्जन कम्पनीको  मूल्यमा पोजेटिभ सर्किट Read Previous

सेयर बजारले गर्‍यो कमब्याक, डेढ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

एनआसी एशिया र लिगल रेमिटबीच सम्झौता Read Next

एनआसी एशिया र लिगल रेमिटबीच सम्झौता