सेयर बजारले गर्‍यो कमब्याक, डेढ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारले बुधबार कमब्याक गरेको छ । पछिल्लो ६ कारोबार दिनमा करिब २७५ अंकले घटेको बजारमा आज करिब ७४ अंकले सुधार आएको छ ।

 

कारोबार खुलेदेखि नै उतरचढाव देखिएको बजार बन्द हुनेबेलामा उच्च अंकले बढेको हो । मंगलबार नेगेटिभ सर्किट लागेर बन्द भएको बजार आज उच्च अंकको वृद्धिसहित पुनरागमन गरेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से बुधबार ७३.७८ अंकले बढेर १४२३.०९ विन्दुमा पुगेको छ । यसदिन १८० कम्पनीको २ अर्ब २२ करोड १० लाख ८१ हजार ६९० रुपैयाँ बराबरको कारोबार भएको छ । ५६ लाख २६ हजार ८१२ कित्ता कारोबार भएको छ ।

 

आज कारोबार भएका १२ समूहमध्ये ११ समूहको परिसूचक उकालो लागेका छन् भने एउटा समूहको सूचक ओरालो लागेको छ । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५१०.९७ अंकले बढेको छ । बैंकिङ समूह पनि ६८.४७ अंकले बढेको छ । सामूहिक लगानी कोष ०.०८ अंकले घटेको छ ।

 

आज कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको २३ करोड ६६ लाख ४९ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ । एनआइसी एशिया बैंक, एनएमबी बैंक र हिमालय ड्रिष्टिलरीको पनि १० करोडभन्दा बढीको कारोबार भएको छ ।

 

आज डेढ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज साल्ट्र ट्रेडिङ कर्पोरेशन, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, स्वाभिमान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने अन्य १४ कम्पनीको मूल्य पनि करिब १० प्रतिशतकै हाराहारीमा बढेको छ । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्यमा ९.३४ प्रतिशतले बढेको छ ।

अत्याधिक दुर्घटना हुने कोटेश्वर-कलंकी सडक खण्डमा लागू हुँदै यस्तो नयाँ नियम Read Previous

अत्याधिक दुर्घटना हुने कोटेश्वर-कलंकी सडक खण्डमा लागू हुँदै यस्तो नयाँ नियम

पाम आयल निर्यात खुलाउन भारत सकारात्मक Read Next

पाम आयल निर्यात खुलाउन भारत सकारात्मक