नारी दिवसमा एनआईसी एशिया बैंकले ल्यायो महिलालाई विशेष योजना

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकलाई विशेष योजना सार्वजनिक गरेको छ।

 

यस योजना अन्तर्गत नारी दिवसका दिन (फागुन २५ गते) यस बैंकको मोबाइल बैंकिङ प्रयोग गरी कारोबार गर्ने १ सय जना महिलाहरूले सय प्रतिशत वा १० हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन्।

 

यस बैंकका महिला ग्राहक महानुभावहरूले एमओ–बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा क्युआर पेमेन्ट लगायतका भुक्तानीहरूमा यो योजना लागू कम्पनीले बताएको छ।

 

तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन। यस योजनाले आमहिला ग्राहकलाई सम्मान गर्नुका साथै उनीहरूमा डिजिटल बैंकिङ कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ।

व्यवसायीक क्षेत्रको नेतृत्वमा रहेका महिलाहरु के भन्छन् महिला दिवसको बारेमा ? Read Previous

व्यवसायीक क्षेत्रको नेतृत्वमा रहेका महिलाहरु के भन्छन् महिला दिवसको बारेमा ?

डलरको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो Read Next

डलरको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो