काठमाडौं। विश्वव्यापी फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि सुनसँगै डलरको भाउ आकाशिएको छ ।
कोरोनाको कारण अन्तर्राष्ट्रिय सेयर बजार ओरालो लागेपछि ठूला लगानीकर्ताले आफ्नो पूँजी सुन र डलरमा लगानी गर्न थालेका छन् । जसका कारण अन्तर्राष्ट्रिय बजारमा माग बढ्न गई मूल्यसमेत उकालो लागेको हो ।
अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा डलरको मूल्य अहिलेसम्मकै महँगो भएको छ। पछिल्लो दुई सातामा डलरको भाउ करिब ४ रुपैयाँले बढीसकेको छ ।
आइतबारका लागि नेपाल राष्ट्र बैंकले डलरको आधार मूल्य ११८ रुपैयाँ ३२ पैसा तोकेको छ। यो हालसम्मकै उच्च हो ।लामो समय १११ देखि ११४ रुपैयाँको हाराहारीमा रहेको डलर अघिल्लो सातादेखि निरन्तर बढ्न थालेको हो।