कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

काठमाडौं। कृषि विकास बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् ।

 

बैंक संचालक समितिले मंगलबार उनलाई अध्यक्षमा नियुक्त गरेको हो। उनले २ महिनाअघि नेपाल राष्ट्र बैंकमा ३० वर्ष कार्यकाल पूरा गर्दै अवकास लिएका थिए।

 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरिञ्जीवी नेपालले सपथ ग्रहण गराए ।

 

राष्ट्र बैंकमा नीति निर्माणदेखि बैंक सुपरिवेक्षमा विभागमा काम गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थाको उच्चतहमा रही काम गरेको लामो अनुभव रहेको छ ।

बैंकिङ कसुर सम्बन्धी मुद्दा बढ्दो Read Previous

बैंकिङ कसुर सम्बन्धी मुद्दा बढ्दो

महासंघको नेतृत्वमा बसेर पुलको रूपमा काम गर्नेछु : उपाध्यक्ष ढकाल Read Next

महासंघको नेतृत्वमा बसेर पुलको रूपमा काम गर्नेछु : उपाध्यक्ष ढकाल