बैंकिङ कसुर सम्बन्धी मुद्दा बढ्दो

मुलुकी अपराधसंहिता लागू भएसँगै जिल्लामा चेक अनादार तथा बैंकिङ कसुरका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तीनवर्षीय तथ्याङ्क हेर्ने हो भने यो मुद्दा दर्ता हुने क्रम बढ्दो सङ्ख्यामा छ ।

 

प्रहरीको तथ्याङ्कअनुसार चालू आव २०७६/७७ को माघसम्म बैंकिङ कसुर शीर्षकमा ६३ वटा मुद्दा दर्ता भएका छन् । आव २०७५/७६ भदौबाट सुरु भएको यो संहिताका कारण बैंकिङ कसुरमा मुद्दाहरु दर्ता हुने क्रम बढेको हो । संहिता लागू भएको वर्ष बैंकिङमा ६२ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

 

यस्तै आव ०७४/७५ मा बैंकिङ कसुरसम्बन्धी एउटा मात्रै मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बढ्दो आर्थिक कारोवारसँगै बैंकिङ कसुरका मुद्दाहरु बढ्दै गएको बताए ।

 

पैसा दिनका लागि चेक दिने तर खातामा पैसा नहुने समस्याले नागरिक पीडित हुँदै गइरहेको उनको भनाइ थियो ।जिल्लामा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै गएको भए पनि यसका लागि जिल्ला अदालतमा बेन्च नहुँदा समस्या आएको उनले बताए । रासस

शेयर बजारमा पहिरो जाने क्रम जारी, ४ दिनमै १९० अंकको गिरावट Read Previous

शेयर बजारमा पहिरो जाने क्रम जारी, ४ दिनमै १९० अंकको गिरावट

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त Read Next

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त