शेयर बजारमा पहिरो जाने क्रम जारी, ४ दिनमै १९० अंकको गिरावट

काठमाडौं । यो साता सेयर बजारमा ठूलो गिरावट आएको छ । ४ कारोबार दिनमा सूचक करिब १९० अंकले गिरावट आएको छ । मंगलबार करिब १४ अंकले बढेको बजार अन्य दिन ठूलो अंकको गिरावट आएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से आज ६८.४७ अंकले बढेर १४४१.२० विन्दुमा पगेको छ । यसदिन २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ रुपैयाँ बराबरको कारोबार भएको छ । १७४ कम्पनीको ६७ लाख ७१ हजार १४१ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबार भएका १२ ओटै समूहको सूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक ४५६.९६ अंकले घटेको छ ।

आज कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको २६ करोड ६६ लाख ३२ हजार ८८१ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, एनएमबी बैंक, हिमालय डिष्ट्रिलरी, एनआइसी एशिया बैंक र गुँरास लाइफको पनि १० करोडभन्दा बढीको कारोबार भएको छ ।

 

आज सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ५.१७ प्रतिशतले बढेको छ । १५माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । नेशनल माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, स्वदेशी लघुवित्त र कालिका माइक्रोफाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ भने अन्य ११ कम्पनीको मूल्य करिब १० प्रतिशतले घटेको छ ।

भारतले रोक्यो २६ प्रकारका औषधि निर्यात (सूचीसहित) Read Previous

भारतले रोक्यो २६ प्रकारका औषधि निर्यात (सूचीसहित)

बैंकिङ कसुर सम्बन्धी मुद्दा बढ्दो Read Next

बैंकिङ कसुर सम्बन्धी मुद्दा बढ्दो