भारतले रोक्यो २६ प्रकारका औषधि निर्यात (सूचीसहित)

काठमाडौं । विश्वभर व्यापक रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित असरलाई ध्यानमा राख्दै भारतले विभिन्न २६ प्रकारको औषधि र त्यसको कच्चा पदार्थ निर्यात रोकेको छ ।

 

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै ती औषधि निर्यात रोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

भारतले अर्को सूचना जारी नभएसम्मका लागि औषधिहरुको कच्चा पदार्थको निर्यात पनि रोकेको छ । भारतले अर्गानिक केमिकल तथा फर्मास्युटिकलको निर्यात रोकेको बताइएको छ ।महानिर्देशनालयले एचएस कोड च्याप्टर २९ तथा ३० मा रहेका २६ प्रकारका औषधि निर्यातमा रोक लगाएको हो ।

 

निर्यातमा रोक लगाइएका औषधिहरूमा पारासिटामोल, टाइनिडाजोल, मेट्रोनाइडाजोल, एकिक्लोभिर, भिटामिन बी१, भिटामिन बी६, भिटामिन बी१२, प्रोजेस्टेरोन, क्लोरामफेनिकोल, एरिथ्रोमाइसिन साल्ट, प्रोजेस्टेरोन लगायत छन् ।

एनआइसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख सहयोग Read Previous

एनआइसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख सहयोग

शेयर बजारमा पहिरो जाने क्रम जारी, ४ दिनमै १९० अंकको गिरावट Read Next

शेयर बजारमा पहिरो जाने क्रम जारी, ४ दिनमै १९० अंकको गिरावट