एनआइसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख सहयोग

काठमाडौं । एनआइसी एशिया बैंकले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा रहेको देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ।बैंकले फर्निचर सामग्री खरिद गर्नका लागि उक्त विद्यालयलाई सहयोग गरेको हो।

 

मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई चेक हस्तान्तरण गरेका हुन्।

 

उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकको विश्वास छ।

 

बैंकले हाल देशभरका ३१९ शाखा कार्यालयहरू, ४५२ एटीएम, १०७ वटा एक्स्टेन्सन काउन्टर एवं ५७ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

भूकम्पबाट क्षतिग्रस्त करीब २ हजार सामुदायिक विद्यालयको पुनर्निर्माण अझै बाँकी Read Previous

भूकम्पबाट क्षतिग्रस्त करीब २ हजार सामुदायिक विद्यालयको पुनर्निर्माण अझै बाँकी

भारतले रोक्यो २६ प्रकारका औषधि निर्यात (सूचीसहित) Read Next

भारतले रोक्यो २६ प्रकारका औषधि निर्यात (सूचीसहित)