भूकम्पबाट क्षतिग्रस्त करीब २ हजार सामुदायिक विद्यालयको पुनर्निर्माण अझै बाँकी

काठमाडौं । २०७२ साल वैशाख १२ मा आएको विनाशकारी भूकम्प र त्यसका परकम्पका कारण क्षतिग्रस्त विद्यालयहरु अझै पूर्ण रुपमा निमार्ण भइसकेका छैनन् ।

 

भूकम्पमा परी अति प्रभावित १४ जिल्लामा र कम प्रभावित १८ जिल्ला गरी ३२ जिल्ला पुनर्निर्माण प्राधिकरणको कार्य क्षेत्र भित्र पर्छ । उक्त क्षेत्र भित्र रहेका ७ हजार ५५३ सार्वजनिक विद्यालय क्षतिग्रस्त भएका थिए । भूकम्पको कारण शिक्षा क्षेत्रमा मात्र ३१ करोड ३१ लाख ८० हजार अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो ।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को तथ्याङ्क अनुसार अहिले सम्म ५ हजार ३८४ ओटा विद्यालय पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ५७७ ओटा निमार्णाधीन अवस्थामा रहेको छ । त्यस्तै २ सय १० ओटा निमार्णका लागि छनोट भएका छन् ।

 

भूकम्पमा परी ३२ जिल्लाका ७ हजार ५५३ सार्वजनिक विद्यालय क्षतिग्रस्त भएका थिए । भूकम्पको कारण शिक्षा क्षेत्रमा मात्र ३१ करोड ३१ लाख ८० हजार अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ ।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्याल बाँकी विद्यालयहरुको पुनर्निर्माण पनि छिट्टै सम्पन्न गर्ने प्रयास भइरहेको बताउँछन् ।

 

पुनर्निर्माण भएका मध्ये ४ हजार ३५२ ओटा विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण भएका हुन् भने ३९४ विद्यालय ठेकेदार कम्पनीहरुले निर्माण गरेका हुन् । त्यस्तै ६३४ ओटा विद्यालय गैरसरकारी संस्थाहरुले निर्माण गरेका हुन् ।

 

यस्तै, विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण हुने १ हजार २९३ वटा विद्यालय निर्माणाधीन अवस्थामा छन् भने १७४ विद्यालय निर्माणका लागि छनोट भइसकेका छन् ।

 

यसैगरी २०३ ओटा विद्यालय विभिन्न देशको अनुदानमा निर्माणाधीन अवस्थामा छन् भने २७ ओटा निर्माणका लागि छनोट भइसकेका छन् । काम भने शुरु भएको छैन ।गैरसरकारी संस्थाहरुले ८१ विद्यालय निर्माण गरिरहेका छन् भने ९ ओटा विद्यालयका पुनर्निर्माणका लागि उनीहरुले छनोट गरिसकेका छन् ।

 

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को अनुसार अहिले पुननिर्माण भएका सम्पूर्ण विद्यालयहरु भूकम्प प्रतिरोधात्मक तरिकाले निर्माण गरिएको छ ।

 

विद्यालय भवनहरु विभिन्न मोडेलमा निर्माण भइरहेका छन् । पहिलो मोडल भनेको जाइका र एडीबीले बनाउने विद्यालय भवनहरु हुन् । यसमार्फत जम्मा ४०० विद्यालय भवनहरु निर्माण हुनेछन् । जसमध्ये अहिले सम्म ३१ ओटा विद्यालयहरु निर्माण सम्पन्न भई विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण भइसकेको छ भने अन्य निर्माण प्रक्रियामा रहेका छन् ।

 

अर्को मोडल चिनियाँ राजदूतावासद्धारा भूकम्प प्रभावित क्षेत्रमा १७ विद्यालय निर्माण हुँदै छन् । जसमध्ये काठमाडौंको रानीपोखरी दरबार हाइस्कुल निर्माण सम्पन्न भइसकेको छ । यद्यपि, विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारणले गर्दा चिनियाँ राजदूतावासले भवन हस्तान्तरण गर्न सकेको छैन ।

 

भारत सरकारको अनुदानमा ७० विद्यालय भवन निर्माण हुनेछ ।त्यस्तै अर्को मोडल भनेको गैरसरकारी संस्थाको हो । यसमा एनजिओ तथा आइएनजिओ आफैंले भवन निर्माण गरेर अन्तिममा साँचो हस्तान्तरण गर्ने काम हुन्छ ।

 

गैरसरकारी संस्थाले ३३४ विद्यालय निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । नेपाल सरकारको बजेटबाट इकाइ मार्फत विद्यालय पुनर्निर्माण गर्ने अर्को मोडल हो ।

 

निर्माण भएका विद्यालयहरु अपांगमैत्री, बालमैत्री छन् । धारा, शौचालय साना बालबालिकाले भेट्ने गरी बनाइएको छ । कक्षाकोठाहरु पर्याप्त हावा र प्रकाश छिर्ने वातावरणमैत्री भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का अयोजना निर्देशक चुडामणि पौडेलले जानकारी दिए ।

कोरोना प्रभाव : सौराहाका होटलका कर्मचारीलाई बिदा दिन थालियो Read Previous

कोरोना प्रभाव : सौराहाका होटलका कर्मचारीलाई बिदा दिन थालियो

एनआइसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख सहयोग Read Next

एनआइसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख सहयोग