एनआईसी एशिया रेमिटबाट निःशुल्क पैसा पठाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकका लागि रेमिट्यान्स सेवामा अफर ल्याएको छ।

 

एनआईसी एशिया रेमिटमार्फत नेपालभर निःशुल्क रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

 

यो योजना अन्तर्गत ग्राहकले एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरबाट नेपालभरी एक ठाउँबाट अर्को ठाउँमा सित्तैमा रकम पठाउन सकिनेछ ।

 

यो योजना अनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ ।

 

बैंकले हाल देशभरका ३१९ शाखा, १०७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ एकाइकमर्फत बैंकिङ सेवा दिँदै आएको छ ।

स्वाबलम्बन लघुवित्तको सेयर कारोबार रोक्का Read Previous

स्वाबलम्बन लघुवित्तको सेयर कारोबार रोक्का

कोरोना भाइरससँग जुध्न बिश्व बैंकले ल्यायो १२ अर्ब डलरको प्याकेज Read Next

कोरोना भाइरससँग जुध्न बिश्व बैंकले ल्यायो १२ अर्ब डलरको प्याकेज