स्वाबलम्बन लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले मंगलबार बजार बन्द भएपछि ३ दिन भित्रे स्पष्टीकरण माग गर्दै कारोबार रोक्का गरेको हो।

 

लघुवित्तले घोषणा गरेको लाभांश सेयरधनीले तोकिएको समयमा पाउने निश्चिता हुने अवस्थामा अन्योलता सृजना भई लगानीको हित विपरित भएकोले सो विषयको टुंगो नलागेसम्म कारोबार रोकिएको नेप्सेले जनाएको छ।

 

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो। सो बोनस वितरणपछि जारी तथा चुक्ता पूँजी वृद्धि गरी कायम गरि अभिलेख गराएको संशोधित प्रबन्धपत्र कार्यान्वयन नगराउन कम्पनी रजिष्टार कार्यालयले गते पत्राचार गरेको थियो। सो कुराको जानकारी लघुवित्तले नेप्सेमा गराएपछि नेप्सेले कारोबार रोक्का गरेको हो।

 

कम्पनी रजिष्ट्रारको कार्यालयले लघुवित्तलाई बोनस पूँजीकरणपश्चात जारी तथा चुक्ता पूँजी ७९ करोड २३ लाख ९९ हजार ३८४ रुपैयाँ कायम गर्न स्वीकृती दिएकोमा भुलबस त्रुटीका कारण सो पत्र कार्यान्वय नगर्न फागुन १६ गते पुनः पत्राचार गरेपछि अन्योलता सृजना भएको हो।

अर्थमन्त्रीमा डा. खतिवडा पुनः नियुक्त, आजै सपथ ग्रहण गर्ने Read Previous

अर्थमन्त्रीमा डा. खतिवडा पुनः नियुक्त, आजै सपथ ग्रहण गर्ने

एनआईसी एशिया रेमिटबाट निःशुल्क पैसा पठाउन सकिने Read Next

एनआईसी एशिया रेमिटबाट निःशुल्क पैसा पठाउन सकिने