कोरोना भाइरससँग जुध्न बिश्व बैंकले ल्यायो १२ अर्ब डलरको प्याकेज

कोरोना भाइरसको महामारी बिश्वका बिभिन्न ६० देशहरुमा फैलिएपछि बिश्व बैंकले भाइरसका कारण उत्पन्न स्वास्थ्य र आर्थिक समस्यासँग जुध्नका लागि १२ अर्ब डलर आर्थिक सहयोगको प्याकेज ल्याएको छ । यो बैंकका सदस्य राष्ट्रहरुलाई यो महामारीसँग जुध्नका लागि सहयोग स्वरुप प्रदान गरिने बैंकले जनाएको छ ।

 

यो ‘फास्ट ट्र¥याक’ प्याकेजको माध्यमबाट विकासशिल देशरुको स्वास्थ्य प्रणाली सुधार गर्न, स्वास्थ्य सेवासम्म पहुँच बढाउन र मानिसहरुलाई यो महामारीबाट जोगाउनका लागि काम हुने बैंकले जनाएको छ ।

 

बैंकले निजी क्षेत्रहरुसँग साझेदारी गर्दै यो महामारीको आर्थिक प्रभाव न्युनिकरण गर्नका लागि पनि यो प्याकेजको प्रयोग हुने बताएको छ ।
बैंकले आफ्ना बिभिन्न सहायक संस्थाहरको माध्यमबाट यो सहयोगको परिचालन गर्ने छ ।

एनआईसी एशिया रेमिटबाट निःशुल्क पैसा पठाउन सकिने Read Previous

एनआईसी एशिया रेमिटबाट निःशुल्क पैसा पठाउन सकिने

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा २२ सय बढ्यो Read Next

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा २२ सय बढ्यो