सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा २२ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

 

मंगलबार ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन एकैदिन तोलामा २२ सयले बढेर बुधबार ८० हजार ५०० रुपैयाँ कायम छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन पनि २२ सय रुपैयाँ प्रतितोलामा बढेर कारोबार भइरहेको छ । आज तेजाबी सुनको भाउ प्रतितोला ८० हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार तेजावी सुन ७८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

 

बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार भने चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 

विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रभाव अन्तराष्ट्रिय अर्थतन्त्रमा परेकाले सुनको मूल्य महँगिदै गएको हो ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंश १ हजार ६ सय ४५ अमेरिकी डलर पुगेको छ ।

कोरोना भाइरससँग जुध्न बिश्व बैंकले ल्यायो १२ अर्ब डलरको प्याकेज Read Previous

कोरोना भाइरससँग जुध्न बिश्व बैंकले ल्यायो १२ अर्ब डलरको प्याकेज

कोरोना प्रभाव : सौराहाका होटलका कर्मचारीलाई बिदा दिन थालियो Read Next

कोरोना प्रभाव : सौराहाका होटलका कर्मचारीलाई बिदा दिन थालियो