काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल टपअप मुद्दति निक्षेप योजना संचालनमा ल्याएको छ।बैंकले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न यो योजना संचालनमा ल्याएको बताएको छ ।
यस योजनाअन्तर्गत न्यूनतम १० हजार रुपैयाँमा सहभागी हुन सकिने छ। जस अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधिका लागि वार्षिक ९.७५ प्रतिशतसम्म ब्याज प्राप्त गर्न सक्नेछन्।
साथै यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्नसक्ने सुविधा समेत रहेको छ।
ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्दतिखाता खोली यो योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ।
बैंकले हाल देशभर २७० शाखा, २४९ शाखा रहित बैंकिङ, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।