रुघाखोकी लागे बुद्ध एअरको टिकट रद्द गरी भाडा फिर्ता लिन सकिने

काठमाडौं । रुघाखोकी लागे वा ज्वरो आएमा अब बुद्ध एयरको टिकट  रद्द गर्न पाइने भएको छ । कम्पनीले यस्तो लक्षण देखिएमा टेलिफोनमार्फत् टिकट रद्द गरेर नियमानुसार भाडा फिर्ता लिन सकिने व्यवस्था गरेको हो ।

 

कम्पनीले आफ्नो फेसबुक पेजमा सूचनामा जारी गर्दै ‘कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी र ज्वरो आएका व्यक्ति वा आफन्तले पनि हवाईयात्रा नगरिदिनुहुन वा विमानस्थल नगइदिनुहुन आग्रह गर्दछौं’ भनेको छ ।

 

सूचनामा टिकट रद्द गर्नु परेमा ०१–५५४२४९४ मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ । त्यसैगरी एयरलाइन्सले रुघाखेकी वा ज्वरो आएका आफन्त विमानस्थलमा नगइदिन आग्रह समेत गरेको छ।

 

ग्लोबल आइएमईको टपअप मुद्दती निक्षेप योजना संचालनमा Read Previous

ग्लोबल आइएमईको टपअप मुद्दती निक्षेप योजना संचालनमा

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगित Read Next

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगित