सिभिल बैंकको नयाँ शाखा काठमाडौंको बांगेमुढामा

काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा काठमाडौंको बांगेमुढामा नयाँ शाखा संचालनमा ल्याएको छ ।

 

आइतबार सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ तथा काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।

 

सोही अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङखेलस्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

 

बैंकका अध्यक्ष तामाङले सिभिल बैंक आर्थिक उन्नतिको सहयात्री भएको उल्लेख गर्दै यस क्षेत्रको समग्र आर्थिक विकासको लागि स्थानीय निकाय तथा उद्यमी ब्यवसायीसँग सहकार्य गरी अगाडि बढ्ने बताए ।

 

बैंकले हाल देशभरका १११ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

देशभरका ३१ विमानस्थलको स्तरोन्नति गरिँदै, यस्तो छ योजना Read Previous

देशभरका ३१ विमानस्थलको स्तरोन्नति गरिँदै, यस्तो छ योजना

एभरेष्ट बैंकको न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा Read Next

एभरेष्ट बैंकको न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा