एभरेष्ट बैंकको न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा रहेको न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ।

 

नयाँ शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले गरे।सोही समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा इमान्दार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका छन्।

 

बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचनासहित आधुनिक बैकिङ सुविधा प्रदान गर्ने व्यवस्था गरिएको छ । बैंकको यो शाखाबाट चेक डिपोजीट, यूटिलिटी बिल भुक्तानी र एटीएम जस्ता आधुनिक बैंकिङ लगायत सुविधा पाउन सकिन्छ ।

 

सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा।सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो।

 

बैंकले हाल देशभरका ९५ स्थानीय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सिभिल बैंकको नयाँ शाखा काठमाडौंको बांगेमुढामा Read Previous

सिभिल बैंकको नयाँ शाखा काठमाडौंको बांगेमुढामा

२८ वर्ष बित्दा पनि पश्चिम सेती जलविद्युत् बन्ने छाँटकाँट देखिएन Read Next

२८ वर्ष बित्दा पनि पश्चिम सेती जलविद्युत् बन्ने छाँटकाँट देखिएन