३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

 

केन्द्रीय बैंकले मंगलबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

 

बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।उक्त ट्रेजरी बिल आगामी जेठ २० गते परिपक्व हुनेछ ।

 

केन्द्रीय बैंकले मंसिर २० गते जारी गरेको ट्रेजरी बिल मंगलबार परिपक्व हुने भएपछि त्यसलाई नवीकरण गर्दै पुनः जारी गर्न लागेको हो ।

 

३ अर्ब १३ करोडमध्ये १५ प्रतिशत रकम अप्रतिस्पर्धी बिडरका लागि आरक्षण गरिएको छ । यसअघि फागुन १२ गते जारी गरिएको २ अर्ब २३ करोडको ट्रेजरी बिलमा १० अर्ब ३४ करोड रुपैयाँको आवेदन परेको थियो ।

१२० वर्षदेखि लगानीकर्तालाई सबैभन्दा बढी ‘रिर्टन’ दिने यो सेयर बजार! Read Previous

१२० वर्षदेखि लगानीकर्तालाई सबैभन्दा बढी ‘रिर्टन’ दिने यो सेयर बजार!

बैंक खाता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित Read Next

बैंक खाता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित