बैंक खाता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । असार मसान्तमा वितरण भइसक्नुपर्ने सो भत्ता वितरण हुन नसक्दा ज्येष्ठ नागरिक, एकल, अपाङ्गता भएका नागरिक समस्यामा परेका छन् ।

 

रायाका तारावीर रावलले भने, ‘नौ महिना बितिसक्यो भत्ता पाइएको छैन । भत्ता नपाउँदा दशैँ पनि खल्लोमै बित्यो, दुई महिना हिउँद पनि चिसोमै काटियो ।’ चुनावका बेला घरघरै पुगेर भत्ता वितरण गरिने आश्वासन दिए पनि अहिलेसम्म भत्ता नपाएको उनले गुनासो गरे।

 

सामाजिक सुरक्षाभत्ता पाउने नागरिकले बैंकमा खाता नखोलेका कारण वितरणमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए। उनले सबै वडामा एकैपटक वितरण गर्न बजेट निकासा गरिएको तर नागरिकले बैंकमा खाता नखोलेका भत्ता नपाएको बताए।

 

सामाजिक सुरक्षाभत्ता स्थानीय निकाय मार्फत् सम्बन्धीतको बैंक खातामा जम्मा हुने नियम रहेको छ ।रासस

३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक Read Previous

३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

लाइसेन्सको अनलाइन फारम प्रणालीमा परिर्वतन, ह्याकरले तोड्न नसक्ने विश्वास Read Next

लाइसेन्सको अनलाइन फारम प्रणालीमा परिर्वतन, ह्याकरले तोड्न नसक्ने विश्वास