लाइसेन्सको अनलाइन फारम प्रणालीमा परिर्वतन, ह्याकरले तोड्न नसक्ने विश्वास

काठमाडौं। गएको माघमा सवारी चालक अनुमति पत्रको (लाइसेन्स) अनलाइन फारम प्रणाली ह्याक भएको थियो । उक्त समस्याको समाधानका रुपमा यातायात व्यवस्थापन विमागले ‘ओटिपी कोड’को व्यवस्था गर्ने भएको छ ।

 

ओटिपी कोडको व्यवस्थाले ह्याकको समस्या फेरी नदोहोरिने विभागले जनाएको छ । यस व्यवस्था अनुसार लाइसेन्सको अनलाइन फारम भर्दा ‘सिस्टम’ले स्वचालित रुपमा मोवाइलमा ओटिपी कोड पठाउने छ । त्यो कोड राखेपछि बल्ल फारम प्रकृया पुरा हुने छ ।

 

नेपालको साक्षरता दर कम हुँदा ओटिपी कोड लागू भएपछि केही झन्झटिलो हुने देखिए पनि ह्याकरहरुले आफुखुसी फारम भर्न भने पाउने छैनन् ।

 

विभागका आइटी निर्देशक श्रीचन्द्र शाहले हाल यस विषयमा सिस्टम परिर्वतनको काम भइरहेको बताए । उनले यो परिर्वतित प्रणाली चाँडै सञ्चालनमा ल्याइने बताए । ‘हमीले ‘वान टाईम पासवर्ड कन्ट्रोल’ का लागि यो व्यवस्था ल्याउन लागेका हौं, एसएमएस मार्फत कोड आएपछि मात्र फरम पुरा हुनेछ,’ शाहले चाणक्य पोष्टसँग भने ।

 

उनले पहिल्यै जानकी टेक्नोलोजीसँग म्यासेजको सम्झौता भएको र हाल म्यासेज संख्या बढाएर मात्रै यो सिस्टम लागु गरिने बताए ।
यसमा सेवाग्राहीका लागि खर्च नहुने भएतापनि विभागका लागि एसएमएसको खर्च थपिने उनले बताए ।

बैंक खाता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित Read Previous

बैंक खाता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

टुटल र पठाओको सेवा सञ्चालनबारे अझै टुंगो लागेन Read Next

टुटल र पठाओको सेवा सञ्चालनबारे अझै टुंगो लागेन