१२० वर्षदेखि लगानीकर्तालाई सबैभन्दा बढी ‘रिर्टन’ दिने यो सेयर बजार!

विगत १२० वर्षमा विश्वकै सबैभन्दा नाफामूलक सेयर बजार अष्ट्रेलियन सेयर बजार भएको छ । क्रेडिट सुसे ग्रुप एजीले सार्वजनिक गरेको एक रिर्पोटले अष्ट्रलियाले सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीको प्रभावकारी सामना गरेका कारण यस्तो उपलब्धी हासिल गरेको जनाएको छ ।

 

अष्ट्रेलियाली सेयर बजारमा सूचीकृत कम्पनीहरुले सन् १९०० देखि ६.८ प्रतिशतको दरले लगानीकर्तालाई स्थानीय मुद्रामा रिर्टन दिएका छन् । २–३ प्रतिशतको औसत मुद्रास्फिति हुने देशमा यो रिर्टन भनेको आकर्षक हो ।

 

लगानीकर्तालाई धेरै रिर्टन दिने सेयर बजारहरु मध्ये दोस्रोमा संयुक्त राज्य अमेरिका, तेस्रोमा दक्षिण अफ्रिका र चौथोमा न्युजिल्याण्ड रहेका छन् । यो अध्ययनका लागि समावेश गरिएका विश्वका सेयर बजारहरुले विश्व सेयर बजारको ९८ प्रतिशत हिस्सा ओगट्छन् ।

 

 

रिर्पोटले अष्ट्रिेलियालाई ‘भाग्यमानी’ देश भनेको छ । प्रचुर प्रकृतिक सम्पदा, सेवा क्षेत्र केन्द्रित अर्थतन्त्र, बलियो बैकिङ प्रणालीका कारण प्रभावकारी ढंगले आर्थिक मन्दीको सामना गर्न सक्ने भएका कारण रिर्पोटले अष्ट्रेलियालाई भाग्यमानी देश भनेको हो ।

 

अध्ययनले अष्ट्रेलियाको कानुनी शासन, शिक्षा प्रणाली र स्थापित संरचनाहरुका कारण विदेशी लगानीकर्ताहरु आकर्षित भएको जनाएको छ ।

 

अष्ट्रेलियाको सेयर बजार अहिलेको कोरोना भाइरसको आतंकको समयमा पनि बलियोसँग उभिएको छ । विश्वका विभिन्न अर्थतन्त्रहरु र सेयर बजारहरु यो भाइरसको आतंकको चपेटामा फसेका छन् । अन्य विकसित देशहरुको सेयर बजार यो समयमा ४.५ प्रतिशतको गिरावटमा छन् ।

 

अहिलेनै तुलनात्मक रुपमा कम ब्याजदर रहेको अष्ट्रेलियामा आगामी दिनमा ब्याजदर थप घट्ने र बजारले अझ गति लिने विश्वास गरिएको छ ।

सेयर बजारमा कोरोना प्रभाव : लगानीकर्ताले गुमाए एक हप्तामै ५० खर्ब डलर Read Previous

सेयर बजारमा कोरोना प्रभाव : लगानीकर्ताले गुमाए एक हप्तामै ५० खर्ब डलर

३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक Read Next

३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक