‘बैंकिङ गतिविधिमा वित्तीय समावेशीता हुनुपर्छ’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताएका छन् ।  शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको बताएका हुन् ।

 

वित्तीय स्थायित्व हुन नसके आर्थिक स्थायित्वमा समेत असर पर्ने बताउँदै उनले बैंकिङ गतिविधिमा वित्तीय समावेशी हुनुपर्ने धारणा राखे । अर्थमन्त्री डा. खतिवडाले लघुवित्तबाट माथि उक्लिएका वित्तीय संस्थाले अन्य बैंकबाट आर्थिक सहयोग नपाइरहेको भन्दै ती वित्तीय संस्थालाई समावेशीकरण ल्याउने प्रयास भइरहेको बताए।

 

उनले बैंकले गर्न नसकेको जोखिम व्यवस्थापन बीमा संस्थाले गरिरहेको भनाइ राखे । गैर बैंकिङ संस्थाले पनि वाणिज्य बैंकको काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले पछिल्लो पटक छायाँ बैंकिङ मौलाएको बताए ।

 

सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपालले पछिल्लो समय बैंकले कृषि, ऊर्जाजस्ता उत्पादन क्षेत्रमा लगानी बढाएको जानकारी दिए। उनले उत्पादकत्व क्षेत्रमा लगानी बढ्यो भने व्यापार घाटा कम भई मुलुकको अर्थतन्त्रमा स्थायित्व बढ्ने बताए। उनले नेपालको आर्थिक, बैंकिङ तथा वित्तीय क्षेत्रमा स्थायित्व देखिएको बताए।

पूर्वाधार कर बढे पनि इन्धनको मूल्य बढ्दैन : अर्थ मन्त्रालय Read Previous

पूर्वाधार कर बढे पनि इन्धनको मूल्य बढ्दैन : अर्थ मन्त्रालय

सडक छेउका पोलमा  झुन्डाइएका ७० प्रतिशत तार प्रयोगविहीन Read Next

सडक छेउका पोलमा झुन्डाइएका ७० प्रतिशत तार प्रयोगविहीन