काठमाडौं । भाटभटेनी सुपर मार्केटले आफ्नो १८ औं शाखा नेपालगञ्जमा सञ्चालनमा ल्याएको छ ।
भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले शुक्रबार उक्त शाखाको उद्घाटन गरेका हुन् ।
यसअघि भाटभटेनीले काठमाडौंसहित धरान, वुटवल, भैरहवा, नारायणगढ, पोखरालगायत ठाउँमा १७ वटा शाखा विस्तार गरिसकेको छ ।