प्रभु बैंकमा खाता खोल्दा बैंकले नै १०० रुपैयाँ जम्मा गरिदिने

काठमाडौं । प्रभु बैंकले अध्ययनरत विद्यार्थी तथा कर्मचारीलाई लक्षित गर्दै ‘प्रभु गुडलक बचत’ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

 

शून्य मौजदातमा खाता खोल्न सकिने यो बचत खाता खोल्ना साथ खातामा बैंकको तर्फबाट १०० जम्मा गरिदिने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

 

यो योजना अन्तर्गत खाता खोल्ने खाता धनीलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ, मोवाइल बैकिङ लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुने बैंकले जनाएको छ ।

 

यो योजना अन्तर्गत खाता खोल्ने खाता धनीलाई बैंकले आफ्नो सहायक कम्पनी प्रभु क्यापिटल लि सँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरबारे परामर्श प्रदान गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

भाटभटेनीको १८ औं शाखा नेपालगञ्जमा Read Previous

भाटभटेनीको १८ औं शाखा नेपालगञ्जमा

मास प्रिन्टरले छाप्यो २ लाख ४० हजार 'स्मार्ट लाइसेन्स' Read Next

मास प्रिन्टरले छाप्यो २ लाख ४० हजार 'स्मार्ट लाइसेन्स'