एनएमबी बैंकको १६४ औं शाखा रोल्पाको माडीमा

काठमाडौं । एनएमबी बैंकले रोल्पाको माडीमा आफ्नो १६४औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको ऊर्जामन्त्री वर्षमान पुन र बैंकका अध्यक्ष पवनकुमार गोल्याणले उद्घाटन गरे ।

 

२४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले नवीनतम् सेवा तथा सुविधाबाट ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

 

बैंकले हाल देशभरका १६४ शाखा, १३१ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

कोरोनाका कारण लसुनको आयात घट्यो Read Previous

कोरोनाका कारण लसुनको आयात घट्यो

पानी नआउँदै भत्किए मेलम्चीका पाइपलाइन Read Next

पानी नआउँदै भत्किए मेलम्चीका पाइपलाइन