पानी नआउँदै भत्किए मेलम्चीका पाइपलाइन

काठमाडौं । भौतिक निर्माणका क्रममा मेलम्ची खानेपानीका ३० किलोमिटर पाइमा क्षति पुगेको छ । खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले १६ करोड रुपैयाँ बराबरका मेलम्ची खानेपानीका पाइपहरुमा क्षति पुगेको बताए ।

 

क्षति पुगेका स्थानहरुमा पुनः पाइप राख्नका लागि अर्थमन्त्रालयले बजेट दिने भएपछि काम सुरु भएको हो । मेलम्ची खानेपानीको पाइप बिछ्याउने क्रममा हालसम्म १४ देखि १५ अर्ब रुपैयाँ खर्च भइसकेको अनुमान गरिएको छ ।

 

‘सम्बन्धित निकायहरुमा हामीले क्षति पछि त्यसको मर्मत गर्न वा सो क्षतिको रकम उपलब्ध गराउने भनेर चिठ्ठी पठाएका थियौँ, केही जवाफ आएन, अनी अर्थमन्त्रालयले तत्काल निर्माणको रकम दिने भएको छ र सम्बन्धित निकायसँग आफै क्षति रकम असुल गर्नेगरी अहिले हामी मर्मत गरिरहेका छौँ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।

 

मेलम्ची आनेपानी आयोजना शुरु भएको १७ वर्ष नाघिसकेको छ । सन् २००१ मा शुरु भएको योजना कहिले ठेकदार त कहिले के कारण अल्झिएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने योजना रहेको छ ।काठमाडौंको सडकहरु विभिन्न खालका भएको र पाइप लाइन विछ्याउँदा ७ किसिमको पाइप बिछ्याइने गर्छ ।

 

उनले मेलम्ची खानेपानीको पाइप राखेका ठाउँहरुको सबै जीआईएस नक्सा बनाइएकाले सो म्यापमार्फत मेलम्ची खानेपानी कहाँ कति गहिराइमा छ कत्रो पाइप राखिएको छ थाहा हुने बताए ।

 

क्षति भएका पाइपहरु परिवर्तन नगरी पाइपबाट पानी वितरणका लागि ट्रायल समेत गर्न नसकिने उनले बताए । उनले भौतिक पूर्वाधार निर्माण तथा सडक विस्तारका क्रममा धेरै जसो पाइपहरुमा क्षति पुगेको बताए ।

 

यस्तै आयोजना कार्यानवयन निर्देशनालयका आयोजना निर्देशक भोज विक्रम थापाले भौतिक निर्माणका क्रममा ४० देखि ५० स्थानमा राखिएका पाइहरुमा क्षति पुगेको बताए । उनले हालसम्म ११ सय किलोमिटर पाइप बिछ्याइ सकेकोमा ३० किलोमिटर पाइपमा क्षति पुगेको बताए ।

 

चक्रपथ विस्तारका क्रममा कंलङकीको सीता पेट्रोल पम्प भएको स्थानमा ९६० मिटर पाइपमा क्षति पुगेको उनले बताए । सो स्थानमा सडक विस्तारको क्रममा पाइपहरु निकालेर यत्रतत्र फ्याकिँएको अवस्थामा पाइएको हो । उपत्यका भित्र धेरै जसो स्थानमा मेलम्चीका पाइपहरुमा अधिक मात्रामा क्षति पुगेको उनले दाबी गरेका छन् ।

 

‘उपत्यकाभित्र राखिएका धेरै पाइमा क्षति पुगेको छ, उपत्यका बाहिर पनि १३/१४ वटा स्थानमा पाइपमा क्षति भएको बुझिएको छ,’ थापाले चाणक्यपोष्ट सँग भने । भौतिक निर्माण अन्तर्गतका विभिन्न निकायहरुको समन्वयन नहुँदा एक निकायका कारणले अर्को निकायमा सोझै समस्या पर्ने गरेको छ ।

 

सडक निर्माण मात्र नभई ढल निर्माण, बिजुलीका पाइपहरु जडान गर्ने क्रममा खानेपानीका पाइपहरुमा धेरै क्षति पुगेको बताइएको छ । क्षति भएका पाइपहरु यहि असार मसान्तसम्ममा परिवर्तन गरिसक्ने आयोजना निर्देशक थापाले जानकारी दिएका छन् ।

 

मेलम्ची आनेपानी आयोजना शुरु भएको १७ वर्ष नाघिसकेको छ । सन् २००१ मा शुरु भएको योजना कहिले ठेकदार त कहिले के कारण अल्झिएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने योजना रहेको छ ।काठमाडौंको सडकहरु विभिन्न खालका भएको र पाइप लाइन विछ्याउँदा ७ किसिमको पाइप बिछ्याइने गर्छ ।

 

२०४७ साल ताका परिकल्पना गरिएको यो आयोजना २०७६ सालमा आइपुग्दा समेत पूरा हुन सकेको छैन । विभिन्न समयमा आयोजना पूरा गर्ने मिति तोकिँदै आए पनि आयोजनाले पूर्णता पाएको छैन ।

 

आयोजना शुरु भए पश्चात् दुई निर्माण कम्पनीले सम्पन्न गर्न नसकेपछि हाल यो काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई सुम्पिइएको हो । सिनो हाइड्रोले २०७६ असोज २४ मा ‘हेडवर्कस’ निर्माणको ठेक्का सम्झौता गरी सोको निर्माण कार्य शुरु गरेको छ । चालू आवका लागि मेलम्चीमा ७ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

विभिन्न समयमा निर्माण पूरा गर्ने मिति तोकिए पनि हालसम्म तोकिएको मितिमा मेलम्ची खानेपानीको काम सम्पन्न हुन सकेको छैन ।

एनएमबी बैंकको १६४ औं शाखा रोल्पाको माडीमा Read Previous

एनएमबी बैंकको १६४ औं शाखा रोल्पाको माडीमा

एउटा ‘चुच्चेढुंगा’ जसले कमाउँछ मासिक २४ हजार Read Next

एउटा ‘चुच्चेढुंगा’ जसले कमाउँछ मासिक २४ हजार