फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा

फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । बिएस ६ प्रदुषण मापदण्डमा आधारित २०२० एन्डेभर ४x४ टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो । विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस एसयुभीमा नयाँ २.० लीटरकाे ईकोब्लू डीजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ । कम्पनीका अनुसार  फोर्ड एन्डेभर अफरोड तथा उपरखापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ ।

 

विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडीहो साथै चाहेको दायरामा रहेरगियर लक गने सुविधा पनि यसमा रहेको छ । पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमिव्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कमगर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् ।

 

१४ प्रतिशत सम्म इन्धन खपतमा सुधार गरिएका,शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्गसेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयुभी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने कम्पनीले आशा राखेको छ । एसयूभी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूभी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ ।

अब डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ कर Read Previous

अब डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ कर

कोरोनाका कारण लसुनको आयात घट्यो Read Next

कोरोनाका कारण लसुनको आयात घट्यो